सम्बन्ध बढाउँनु अघि आफैसँग सोध्नुहोस् यी ५ प्रश्न





भनिन्छ, प्रेममा मान्छे अन्धो हुन्छ, अर्थात् सबै कुरा आँखा अगाडि भएपनि भविष्यमा हुने खतरा देख्न सक्दैन, जसका कारण पछि गएर सम्बन्धहरु छोटो समयमै टुंगिने गर्छ । यस्तो तपाईसँग नहोस्, त्यसैले सम्बन्धमा आउनुअघि आफूले आफैसँग यी ५ प्रश्न गर्नुहोस् ।


१. कुनै पनि दुई व्यक्तिको सोच एउटै हुँदैन । केही महत्वपूर्ण मुद्दाहरु जस्तै, परिवार, शिक्षा, पैसाजस्ता जरुरी निर्णयको बारेमा के तपाई दुवैको एकै प्रकारको सोचाई छ ? यदि छ भने तपाई सम्बन्धलाई अघि बढाउानुहोस् र यदि छैन भने सम्बन्धलाई अघि नबढाउँनुभयो भने राम्रो हुन्छ । सम्बन्धलाई साथीसम्म राख्न सक्नुहुन्छ ।

२. के तपाई दुवै एक–अर्कालाई सम्मान गर्नुहुन्छ ? सम्बन्धमा यदि एक–अर्काप्रति सम्मान छैन भने त्यो सम्बन्ध धेरै समयसम्म टिक्दैन ।

Loading...

३. सम्बन्धमा रिसाउँनु–फकाउँनु चलिरहन्छ, तर योभन्दा महत्वपूर्ण कुरा तपाई एक–अर्कालाई कतिको हसाउँनुहुन्छ ?

४. यदि विवाह गर्न चाहनुहुन्छ भने तपाईको परिवार र साथीलाई मन परेको छ कि छैन ? किनकि, त्यहाँ खाली दुई व्यक्तिको मात्रै विवाह भइरहेको हुन्न । उनीहरुको परिवारको भूमिका पनि महत्वपूर्ण रहन्छ ।

५. एक साँचो साथी त्यो हो जो तपाईलाई परिवर्तन गर्दैन, तपाई जस्तो हुनुहुन्छ त्यस्तै स्विकार्छ । त्यसैले आफूलाई सोध्नुहोस्, यस सम्बन्धका लागि तपाई कति र कहाँसम्म परिवर्तन हुन जरुरी हुनेछ ?
सम्बन्ध बढाउँनु अघि आफैसँग सोध्नुहोस् यी ५ प्रश्न सम्बन्ध बढाउँनु अघि आफैसँग सोध्नुहोस् यी ५ प्रश्न Reviewed by Unknown on 9:52 PM Rating: 5

No comments:

Gitaanjaly. Powered by Blogger.