साझा पार्टी संग आफ्नो पार्टी एकीकरण भएको भन्दै रञ्जुले चालिन सोच्नै नसकेको यस्तो कदम ,अब के होला ?


-लालिगुराश सम्बाद दाता
बिहि, साउन १२, २०७४

काठमाडौं । विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले रवीन्द्र मिश्रको साझा पार्टीमा विवेकशील दल गाभिएकोमा असन्तुष्टि व्यक्त गरेकी छन् । यसैकारण उनले एकता घोषणा कार्यक्रम नै बहिष्कार गरेकी छन् ।

बानेश्वरमा भएको विवेकशील र साझा पार्टीबीचको एकता घोषणा कार्यक्रममा रञ्जु दर्शना अनुपस्थित रहिन । विवेकशील पार्टीकी एक आकर्षक उनी कार्यक्रममा उपस्थित नहुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
Loading...

यद्यपी पार्टी एकतापछि बनेको विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा उनको नाम समावेश गरिएको छ । विवेकशीलको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर एकाएक चर्चामा आएकी उनले २३ हजार बढी भोट समेत ल्याएकी थिइन् ।

नयाँ बानेश्वरमा भएको पार्टी घोषणा कार्यक्रममा उनको अनुपस्थितिको विषयमा बुझ्न खोज्दा दर्शनाले फोन उठाइनन् भने पुनः सम्पर्क गर्दा मोबाइल स्वीच अफ गरिएको छ ।

यसबाट उनी पार्टी एकताका विषयमा असन्तुष्ट रहेको बुझ्न सकिन्छ । उनी निकट स्रोतका अनुसार यही कारण उनले एकता समारोह बहिष्कार गरेकी हुन् ।

source: http://laligurash.com
साझा पार्टी संग आफ्नो पार्टी एकीकरण भएको भन्दै रञ्जुले चालिन सोच्नै नसकेको यस्तो कदम ,अब के होला ? साझा पार्टी संग आफ्नो पार्टी एकीकरण भएको भन्दै रञ्जुले चालिन सोच्नै नसकेको यस्तो कदम ,अब के होला ? Reviewed by Unknown on 10:16 PM Rating: 5

No comments:

Gitaanjaly. Powered by Blogger.