एमाले सचिव गोकर्ण विष्ट भ्रामक समाचारको शिकार, साइवर क्राइम अन्तर्गत अनुसन्धान सुरु
http://ktmkhabar.com/gokarna-bist-galt-samachar/
काठमाडौं, कात्तिक २७ । नेकपा एमालेका लोकप्रिय नेता गोकर्ण बिष्ट भ्रामक समाचारको शिकार बनेका छन् । एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर ३का सांसद विष्ट सयौं कार्यकर्ता सहित माओवादीमा प्रवेश गरे भन्ने आशयको खवर एक्कासी शुक्रबार साँझदेखि भाइरल जस्तै बन्यो ।
काठमाडौंखवरडटब्लगस्पटमा छापिएको खवरमा गोकर्ण बिष्ट ४५० कार्यकर्ता सहित माओवादी केन्द्रमा प्रवेश गरेको, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेर पार्टी छाडेको उल्लेख गरिएको छ । साथै रिपोर्टस क्लबको कार्यक्रममा बिष्टले पार्टी परित्याग गरेको समेत समाचारमा उल्लेख गरिएको छ ।
सुन्दै विश्वास नलाग्ने खालको समाचार एकाएक भाइरल जस्तै बनेपछि बिष्टलाई तारन्तार फोन आउन लाग्यो । सुरुमा छक्क परेका बिष्टले जब समाचार पढे । उनी एकछिन त हाँसे पछि निकै आक्रोशित भए ।
तत्काल यस्तो भ्रामक समाचार छाप्ने प्रति कारवाही गर्न अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई फोन लगाए । केहीबेरमा बिष्टका सहयोगीहरु भ्रामक समाचार फैलाउनेलाई कारवाहीको माग गर्दै अपराध अनुसन्धान महाशाखा टेकुमा निवेदनसहित पुगे ।
Loading...
परिचित मिडियाबाट भन्दा पनि व्यक्तिको ब्लगमा लेखिएको समाचारका कारण अनावश्यक तनाव खेप्नुपरेको भन्दै बिष्टले यस्तो भ्रामक समाचार फैलाउनेलाई तत्काल कारवाहीको माग गरेका छन् । ‘हालै गुल्मीको क्षेत्र नम्बर ३मा अन्य पार्टीबाट सयौंव्यक्तिलाई एमालेमा प्रवेश गराएर आएको छु’ विष्टले भने, ‘यो एमालेको बढ्दो लोकप्रियताबाट डराएकाहरुले फैलाएको आतंक मात्रै हो ।
एमालेबाट टाढा रहने विषयपनि कल्पना बाहिरको कुरा हो ।’ खवरलाई एमाओवादी पार्टीको प्रचारका लागि प्रयोग भइरहेका विभिन्न फेसवुक पेजमा समेत शेयर गरिएको छ । २ लाख ६८ हजार लाइकस भएको राष्ट्रनायक प्रचण्डलाई काम गर्न देउ नामको पेजमा समेत यो समाचारलाई सेयर गरिएको छ ।
यता गोकर्ण विष्टका सहयोगीले निवेदन दिएपछि अपराध अनुसन्धान महाशाखाले अनुसन्धान सुरु गरेको छ । महाशाखाका साइवर सेल अन्तर्गतका प्रहरी निरिक्षक भुवन खड्काले अनुसन्धान सुरु भएको र भ्रामक खवर फैलाउनेलाई तत्काल कारवाही हुने बताए ।
source: http://khabarbani.com
एमाले सचिव गोकर्ण विष्ट भ्रामक समाचारको शिकार, साइवर क्राइम अन्तर्गत अनुसन्धान सुरु
Reviewed by Anonymous
on
1:05 AM
Rating:
Reviewed by Anonymous
on
1:05 AM
Rating:

No comments: